इमान्दारिताका साथ राष्ट्रसेवामा लाग्न सञ्चारमन्त्री गुरुङको आग्रह

सदरलाइन संवाददाता ११ पुष २०७७, शनिबार १४:१८
 


काठमाण्डौ  : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारिताका साथ राष्ट्र सेवाको काममा लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

रत्न–धर्म स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उच्च नैतिकता र इमादारिताका काम गरेकै कारण आफूले राष्ट्रको सेवा गर्ने अवसर पाएको बताए ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले उच्च नैतिकता, स्वाभिमान र इमान्दारिताका साथ काम गर्दा मात्रै रहेक क्षेत्रमा सफलता प्राप्त हुने पनि स्पष्ट पारे ।

मन्त्री गुरुङले मानवीय सेवा र समाज सेवाको काममा समर्पित भएर लाग्न सामाजिक संघ, संस्थालाई समेत आह्वान गरे । उच्च नैतिकता र इमान्दारिताका साथ काम गर्न मन्त्री गुरुङले सबैलाई आग्रह गरे ।


कार्यक्रममा मन्त्री गुरुङले शैक्षिक अभियन्ता डीबी खड्काद्धारा लिखित ‘कल्पना र वेदना’ तथा ‘सपना र सृजना’ नामक कविता संग्रह तथा ‘जुुँगुुदेखि मुगुुसम्म’को अनुुभूति समेटिएको निबन्ध संग्रह विमोचन गरेका थिए भने नेपाली सेनाका उपरथी डा. सहदेव खड्कालाई सम्मान गरे ।

त्यस अवसरमा मन्त्री गुरुङले शैक्षिक अभियन्ता खड्काले उच्च माध्यामिक शिक्षा परिषदमा कार्यरत रहँदा नेपालको शैक्षिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याएको विषयमा चर्चा समेत गरेका थिए ।

 

Next Post

बाँकेमा ६ महिनामा ४ सय ६८ फरार प्रतिवादी पक्राउ

११ पुष २०७७, शनिबार १४:१८
नेपालगञ्ज : बाँकेमा पछिल्लो ६ महिनामा ४ सय ६८ फरार प्रतिवादी पक्राउ परेका छन् । बाँकेका एसपी ओम रानाका अनुसार एक सयबढीले अदालतमा आफै आत्मसमपर्ण गरेका छन् । बाँकेमा आफू बस्दासम्म एक हजार जना यस्ता फरार प्रतिवादी पक्राउ गर्ने योजना रहेको उनी बताउँछन् । उनका अनुसार यसरी पक्राउ पर्ने फरार […]