कोरोनाबाट बर्दियाकी एक महिलाको मृत्यु

सदरलाइन संवाददाता ९ पुष २०७७, बिहीबार १६:२७
 

नेपालगञ्ज : कोरोना संक्रमित एक महिलाको बाँकेमा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका अनुसार बर्दिया गुलरिया नगरपालिका वडा नं. ८ लक्ष्मणटोलकी ५८ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बिहीवार दिउँसो १२ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।


स्वास्थ्यमा समस्या देखिएपछि पुष ६ गते अस्पतालमा भर्ना गरिएको थियो । पुष ७ गते स्वाब संकलन गरिएको महिलाको भोली पल्ट रिपोर्ट पोजेटिभ आएको थियो । बर्दियामा हालसम्म कोरोनाबाट १८ जनाको मृत्यु भइसकेको छ ।

Next Post

संसद विघटनविरुद्धको रिटमाथि शुक्रवार सुनुवाई हुँदै

९ पुष २०७७, बिहीबार १६:२७
काठमाण्डौ : प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको शुक्रबार संवैधानिक इजलाशमा सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एक इजलाशमा बुधबार १२ वटा रिटको प्रारम्भिक सुनुवाईपछि सबै रिटको संवैधानिक इजलाशमा सुनुवाई गर्ने आदेश भएको थियो । सोही अनुसार शुक्रबार संवैधानिक इजलाशमा सबै रिटको सुनुवाई हुने भएको हो । प्रधानन्यायाधीश जबराको एकल इजलाशले […]