सशस्त्रद्वारा लाखौंको हार्डवेयर सामग्री

सदरलाइन संवाददाता ७ पुष २०७७, मंगलवार १६:३८
 

नेपालगञ्ज : सशस्त्र प्रहरीले नेपालगञ्जको सिमा नाकाबाट अवैध सामग्री बरामद गरेको छ । बिओपी कालाबञ्जारबाट सशस्त्र प्रहरी नायब निरीक्षक भिम कठायत नेतृत्वको टोलीले मंगलबार बिहान ५ बजे नेपालगञ्ज १५ पिप्रहवाबाट बरामद गरेको हो ।


भारतबाट ल्याउदै गरिएको अवैध हार्डवयरका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ । बरामद गरिएका १ लाख ८४ हजार रुपैयाँको अवैध सामग्रीलाई मंगलवार नेपालगञ्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले बताएको छ ।

Next Post

बाँके–बर्दियाका नौ जना केन्द्रीय सदस्यमा मनोनित

७ पुष २०७७, मंगलवार १६:३८
नेपालगञ्ज : प्रधानमन्त्री केपी शर्मा ओलीको समूहको मंगलवार बसेको केन्द्रीय कमिटीको बैठकले बाँकेका तीन र बर्दियाका ६ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन् । संविधानसभा बिघटनपछि नेकपाभित्रको विवादले बाँके र बर्दियाका नेताहरुले अवसर पाएका हुन् । केन्द्रीय कमिटीको बैठकले पुर्ब सांसद देवराज भार, नन्दलाल रोकाय र नेतृ शान्ति ढकाललाई केन्द्रिय […]

सम्बन्धित