प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री, वैशाखमा मध्यावधि निर्वाचन

सदरलाइन संवाददाता ५ पुष २०७७, आईतवार १४:१७
 

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन् । आइतवार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।

यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल ’प्रचण्ड’ लाई भेट्न उनको निजी निवास खुमलटार पुएगेका थिए। त्यसलगत्तै उनले राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेका थिए ।

यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलवार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए ।


यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट बालुवाटार फर्किएका छन् ।

आइतवार बसेको मन्त्रिपरिषद् बैठकबाट संसद विघटन सिफारिस गरेर शीतल निवास पुगेका ओली राष्ट्रपतिसँग छलफलपछि फर्किएका हुन् ।

राष्ट्रपति भण्डारीसँगको भेटका क्रममा ओलीले वैशाख १५,२३ र २९ गतेसम्ममा मध्यावधि निर्वाचन गर्न सकिने प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

ओलीको संसद विघटनको निर्णयलाई लिएर विभिन्न संवैधानिक र कानुनी प्रश्न उठिरहेका ओलीले नयाँ जनादेशमा जाने गरी कदम चालेका हुन् ।

Next Post

राष्ट्रपतिद्वारा संसद विघटन

५ पुष २०७७, आईतवार १४:१७
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतवार दिउँसो संसद विघटन गरेकी हुन् । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ । ‘आज मिति २०७७ साल पुस ५ गते आइतबारका दिन सम्माननीय […]

सम्बन्धित