कोरोनाबाट बाँकेमा थप दुई जनाको मृत्यु

सदरलाइन संवाददाता ४ पुष २०७७, शनिबार १४:१५
 


नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । बाँके र बर्दियाका एकएक जनाको कोरोनाबाट मृत्यु भएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ का २९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शुक्रवार बेलुकी मृत्यु भएको छ ।

यस्तै बर्दियाको बारबर्दिया नगरपालिका १० का ७२ वर्षीय बृद्धको भेरी अस्पताल नेपालगञ्जमै उपचारका क्रममा मृत्यु भएको बाँके कोरोना फोकल पर्सन मानव नेपालीले जानकारी दिए ।

रोगको प्रकृतीअनुसार उपचार गरेपनि अवस्था विग्रिँदै जाँदा दुबै जनाको मृत्यु भएको नेपालीले पुष्टि बताए । योसँगै बाहिरी जिल्लाबाट कोरोना उपचारकालागि बाँके आएर ज्यान गुमाउनेको सँख्या ७१ पुगेको छ भने बाँकेका ४२ जनाको मृत्यु भइसकेको छ ।

Next Post

लागुऔषधसहित बाँकेमा एक पक्राउ

४ पुष २०७७, शनिबार १४:१५
नेपालगञ्ज : लागुऔषधसहित बाँकेमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पौष १ गते साँझ पाँच बजेको बाँकेको कोहलपुरबाट ४४ ग्राम ५ सय २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । कोहलपुर नगरपालिका वडा नं. ११ मा लागुऔषध ब्राउनसुगरको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला तथा लागुऔषध […]