बाँकेसहित तराईका जिल्लामा बाक्लो हुस्सु

सदरलाइन संवाददाता ३ पुष २०७७, शुक्रबार १६:३२
 

नेपालगञ्ज : बाँकेसहित तराईका जिल्लामा वाक्लो हुस्सु लागेको छ । शुक्रवार बिहानैबाट लागेको हुस्सुका कारण जनजिवन प्रभावित भएको छ । कुहिरोका कारण सडकनै अँध्यारो देखिएपछि सवारी साधनले दिउँसोको समयमा पनि लाईट बाल्नु परेको छ ।

आंशिकदेखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केही भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ । नेपालको मौसममा हाल पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रवार नेपालगञ्जको न्युनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको विभागको वेबसाइटमा उल्लेख छ ।

तराईका अधिकांश र पहाडका केही भू–भागहरूमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शीतामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।

Next Post

अफगानिस्तानमा बिस्फोट, १५ बालबालिकाको मृत्यु

३ पुष २०७७, शुक्रबार १६:३२
काठमाण्डौ : अफगानिस्तानको पूर्वी प्रान्त गाज्नीमा बिस्फोट हुँदा १५ बालबालिकाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । गाज्नीको गिलान जिल्लामा बिस्फोट भएको हो । बिस्फोटको कारण खुलेको छैन । रिक्साको पछाडि बम बिस्फोट भएको हो । तर स्थानीय बासिन्दाले बालबालिकाले स्थानीय व्यापारीलाई बेच्न खोजेका क्रममा बिस्फोटक पदार्थ […]