हुम्लादेखि नेपालगञ्जको हवाई भाडा घट्यो

सदरलाइन संवाददाता २ पुष २०७७, बिहीबार १७:०३
 


हुम्ला : लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ ।

यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको ६ हजार ५ सय ९५ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले ५ हजार ३ सय कायम गरेको छ । नेपालगञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा कम भाडा लिने भएका कारण केन्द्रीय कार्यालयमा हुम्लाको शाखाबाट भाडा घटाउन आग्रह गरेपछि बुधवारदेखि घटेको सिमकोट शाखाका प्रमुख बलबहादुर सुनारले जानकारी दिए ।

यसैगरी नेपालगञ्जदेखि सिमकोटसम्म ७ हजार ९ सय भाडादर रहेको उनले बताए । नेपाल एयरलाइन्सले हुम्लामा हप्ताको एक दिन सोमबार उडान भर्दै आएको छ ।

Next Post

मृत फेला परेकी महिलाको पहिचान खुल्यो

२ पुष २०७७, बिहीबार १७:०३
बैतडी : चमेलिया नदी किनारमा शुक्रवार बिहान मृत अवस्थामा फेला परेकी महिलाको शव पहिचान भएको छ । त्यो शव दार्चुलाको शैल्यशिखर नगरपालिका ६ उलानीका ४० वर्षीया सरिता धामीको भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । ती महिला आज बिहान ८ बजे बैतडीको दोगडाकेदार गाउँपालिका ६ […]