बाँकेमा बुधवार ११ जना मात्र डिस्चार्ज

सदरलाइन संवाददाता १ पुष २०७७, बुधबार १६:३७
 

नेपालगञ्ज : बाँकेमा बुधवार ११ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका ४ पुरुष र ७ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ४ हजार १० पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइसोलेशनमा अब बाँकेका १ सय ४९ जना रहेका छन् ।


हालसम्म बाँकेमा ४ हजार २ सय जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ४१ जनाको मृत्युु भइसकेको छ ।

Next Post

कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु

१ पुष २०७७, बुधबार १६:३७
नेपालगञ्ज : कञ्चनपुरकी कोरोना संक्रमित गर्भवती महिलाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराइरहेकी शुक्लाफाँटा १० की २८ बर्षीया गर्भवती महिलाको मंगलवार राति सवा १ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । उनी ३० […]