बाँकेमा मंगलवार १५ जना डिस्चार्ज

सदरलाइन संवाददाता ३० मंसिर २०७७, मंगलवार ०९:२१
 

नेपालगञ्ज : बाँकेमा मंगलवार १५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका ६ पुरुष र ९ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ९ सय ९९ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइसोलेशनमा अब बाँकेका १ सय ४३ जना रहेका छन् ।


हालसम्म बाँकेमा ४ हजार १ सय ८३ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ४१ जनाको मृत्युु भइसकेको छ ।

Next Post

पदोन्नति भएका कर्णेलद्वारा साथीकी श्रीमतीमाथि बलात्कार

३० मंसिर २०७७, मंगलवार ०९:२१
काठमाण्डौ : भारतीय सेनाका एक कर्णेलले पदोन्नति भएपछि पार्टी आयोजना गर्दै आफ्नै साथीकी पत्नीलाई बलात्कार गरेका छन् । श्रीमतीसहित पार्टीमा आएका साथीलाई निजले नशालु औषधि खुवाई बेहोस पारेका थिए । त्यसपछि साथीकी पत्नीमाथि बलात्कार गरेका थिए । पीडित महिला रसियन रहेकी खुलेको छ । आफूमाथि बलात्कार गर्न खोजेपछि ती महिलाले […]