२३ शिक्षकमा कोरोना देखिएपछि विद्यालय बन्द

सदरलाइन संवाददाता २९ मंसिर २०७७, सोमबार १६:४५
 

सुर्खेत : सुर्खेत र सल्यानका २३ जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरू कार्यरत ३ वटा विद्यालयमा पठनपाठन बन्द गरिएको छ । सुर्खेतका २ विद्यालयका १५ जना र सल्यानको १ विद्यालयका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

सुर्खेतको पञ्चपुरी नगरपालिकाको पलैंटेस्थित सूर्यप्रकाश माविका ११ जना र बाबियाचौरस्थित विद्याज्योति माविका ४ जना शिक्षक संक्रमित भएका हुन् । विद्याज्योति माविका एक शिक्षकलाई अघिल्लो साता संक्रमण देखिएपछि अन्य शिक्षकको पीसीआर परीक्षण गर्दा थप ३ शिक्षक र १ कार्यालय सहयोगीमा कोरोना पोजिटिभ देखिएको विद्यालयका सहायक प्रधानाध्यापक तीर्थ भण्डारीले बताए ।


सूर्यप्रकाश माविका ३९ जनाको पीसीआर परीक्षण गर्दा ११ जना शिक्षकमा कोरोना देखिएको हो । शिक्षक संक्रमित बनेपछि सूचना निकाली विद्यालयमा पठनपाठन बन्द गरिएको छ । शिक्षक संक्रमित बनेपछि विद्यार्थीमा त्रास बढेको भण्डारीले बताए । नगरपालिकासँग छलफल गरी विद्यार्थीको पनि पीसीआर परीक्षण गरेर मात्रै पठनपाठन सञ्चालन गरिने उनको भनाई छ ।

सल्यानको कपुरकोट गाउँपालिका–३ किमुचौरस्थित नेपाल राष्ट्रिय माविका ८ शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ । समुदायमा संक्रमण फैलिने भन्दै एक साताका लागि विद्यालय बन्द गरिएको हो ।

Next Post

सरकारविरुद्ध बाँके काँग्रेसद्वारा प्रदर्शन

२९ मंसिर २०७७, सोमबार १६:४५
नेपालगञ्ज : नेपाली काँग्रेस बाँकेले सरकारको विरोधमा सोमवार नेपालगञ्जमा प्रदर्शन गरेको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यक्रमअनुसार बाँकेमा पनि बिरोध प्रदर्शन गरिएको हो । दिउसो नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालयबाट शुरु भएको विरोध प्रदर्शन नगरका विभिन्न भागको परिक्रमापछि जिल्ला प्रशासन कार्यालय कार्यालय अगाडी पुगेको थियो । जिल्लाका ८ वटै पालिकाबाट […]