लुम्बिनी प्रदेशको राजधानीको गुरुयोजना सबैको आकर्षणको केन्द्र हुने

सदरलाइन संवाददाता २८ मंसिर २०७७, आईतवार १८:११
 


कोहलपुर (बाँके) :  लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानीका लागि बन्ने गुरुयोजना सबैको आकर्षणको केन्द्र हुने बताएका छन् । एनटिभी कोहलपुरको निरिक्षणका क्रममा आयोजित कार्यक्रममा मन्त्री केसीले पछिल्लो समय एनटिभी कोहलपुर प्रभावकारी हुदै गएको भन्दै आबश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केसीले प्रदेशको स्थायी राजधानीका लागि बन्ने गुरुयोजना सबैको आकर्षणको केन्द्र हुने दाबी गर्दै दाङको राप्ती उपत्यकामा स्थायी राजधानी तोकेसंगै अब समग्र संरचना निर्माणका लागि गुरुयोजना बनाएर अघि बढ्ने उनको भनाई छ ।

नेपाल टेलिभिजनको प्रदेश ब्युरो कार्यालय स्थायी राजधानीमै निर्माण गर्नुपर्ने भन्दै त्यसका लागि आबश्यक पर्ने सहयोग गर्न प्रदेश सरकार तयार रहेको मन्त्री केसीले स्पष्ट पारे । पछिल्लो समय एनटिभी कोहलपुरबाट उत्पादन भएर प्रसारण भइरहेका कार्यक्रमहरुको गुणस्तरमा सुधार आइ च्यानल कै प्रतिष्ठा बढिरहेको भन्दै आगामी दिनमा यसलाई निरन्तरता दिन पनि उनले निर्देशनसमेत दिए ।


सो अवसरमा एनटिभी कोहलपुरका प्रमुख निराजन खनालले हाल एनटिभी कोहलपुरले दैनिक करीव ७ घण्टा समाचार तथा कार्यक्रम उत्पादन गरिरहेको जानकारी दिदै एनटिभी कोहलपुरप्रति प्रदेश सरकारहरुले देखाएको बिश्वास र चासोले च्यानललाई अघि बढ्न थप हौसला मिलेको बताए ।

 

Next Post

कोरानाका कारण बाँकेमा एक जनाको मृत्यु

२८ मंसिर २०७७, आईतवार १८:११
नेपालगञ्ज : बाँकेमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका कञ्चनपुरको भिमदत्तनगर नगरपालिका वडा नम्बर १५ गोबरियाका ५४ बर्षीय पुरुषको आइतवार राती साढे १२ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए । […]