बद्विचाल प्रतियोगितामा आयुष र आकृति च्याम्पियन

सदरलाइन संवाददाता २८ मंसिर २०७७, आईतवार ०९:१८
 


नेपालगञ्ज : प्रथम बाँके जिल्लास्तरीय खुल्ला बुद्धिचाल प्रतियोगितामा आयुष खत्री च्याम्पियन भएका छन् । नेपालगञ्जमा शनिवार सम्पन्न प्रतियोगितामा खत्री खुल्लातर्फ ५ अंकका साथ जिल्ला च्याम्पियन बनेका हुन् ।

यस्तै केशर वली ४ अंकका साथ दोश्रो, अनुपजंग शाह समान ४ अंक तेश्रो, दिपेश शाही चौथो र गौरव पौडेलले पाँचौ स्थान प्राप्त गरेका छन् ।

त्यसै गरि महिलातर्फ आकृति बोहरा प्रथम, ज्योती शर्मा दोश्रो भएका छन् भने विद्यार्थीतर्फ कृषु चौधरी प्रथम तथा टेकराज कडेंल दोश्रो स्थान प्राप्त गरेका छन् ।

जुनियर रेडक्रस सर्कल, नेपालगञ्ज मोडेल एकेडेमीका अध्यक्ष सजना ज्ञवालीको सभापतित्वमा भएको प्रतियोगितामा बाँके जिल्ला बुद्धिचाल संघका अध्यक्ष करिश्माकुमारी योगीको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा ५ राउण्ड र २५ जना खेलाडीहरु सहभागी थिए । प्रतियोगिताको उद्घाटनमा विशिष्ट अतिथि तथा प्रतिस्पर्धी खेलाडी समेत रहेका डिभिजन वन कार्यालय बाँकेका प्रमुख डिभिजनल अधिकृत राजु क्षेत्रीले शुभकामना मन्तव्य दिदैं आफुले समेत दुई दशक अघि चेस प्रतियोगितामा सहभागी भएको अनुभव साट्दै फेरि पनि प्रतियोगितामा सहभागी हुन पाएकोमा खुशी लागेको र बाँकेमा हुने चेस गतिविधिहरुमा आफ्नो साथ रहने प्रतिवद्धता जनाए ।

त्यसै गरि अर्का विशिष्ट अतिथी जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्द प्रसाद पाण्डेले केही समयअघिदेखि आफुले चेस सिक्दै आएको र बाँके जिल्ला बुद्धिचाल संघले जिल्लामा चेस खेलको विकासमा ठूलो योगदान पुयाएकोमा धन्यवाद व्यक्त गर्दै बाँके जिल्ला बुद्धिचाल संघको गतिविधीहरुमा सदैव आफ्नो नैतिक, भौतिक समर्थन रहने उल्लेख गरे ।

साथै संघले चाहेको खण्डमा जुनसुकै बखत १६ घण्टा भित्रै कुनै पनि तहको प्रतयोगिता गर्न सक्षम रहेको र आगामी हप्ता पुनः तीब्ररुपमा थप चेस प्रतियोगिताहरु हुने संघका सदस्य मदन वलीले जानकारी दिए ।

Next Post

बाँकेमा आइतवार २८ जना डिस्चार्ज

२८ मंसिर २०७७, आईतवार ०९:१८
नेपालगञ्ज : बाँकेमा आइतवार २८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका १८ पुरुष र १० महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ९ सय ६४ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइसोलेशनमा अब बाँकेका […]

सम्बन्धित