बाँकेमा प्रदेश स्तरको सुरक्षा गोष्ठी

सदरलाइन संवाददाता २६ मंसिर २०७७, शुक्रबार १९:०९
 

 

नेपालगञ्ज : लुम्बिनी प्रदेसका आन्तिरिक मामिला तथा कानून मन्त्री कुलबहादुर केसीले प्रदेशको सुरक्षा स्थितिको बारेमा बुझ्नको लागि प्रदेशस्तरिय सुरक्षा गोष्ठि आयोजना गरिएकोे बताएका छन् ।

शुक्रबार बाँकेमा जिल्लास्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन । जिल्लास्थित सुरक्षा निकायका सबै अङ्गहरुको उपस्थितिमा नेपालगञ्जमा सुरक्षा गोष्ठी सुरु भएको सो गोठिमा सुरक्षा चुनौती, कोभिड–१९ को अवस्था लगायतको विषयमा छलफल भएको थियो ।

अन्तरिक मामिला मन्त्री केसीले अहिलेसम्म मन्त्रालयले प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्दै आइरहेको र सो गोष्ठीमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको मात्र उपस्थिति रहदै आएको हुँदा अबदेखि प्रत्येक जिल्लामा पुगेर सबै सुरक्षा निकायका युनिटहरुसङ्ग बसेर छलफल गरी उनिहरुबीचको सम्बन्ध तथा समन्वय साथै समस्या सुनेर समस्याको हल खोजिने योजना रहेको बताए ।


उनले जिल्लामा कोभिडको पछिल्लो अवस्थाका साथसाथै सुरक्षाको अवस्था, सबै सुरक्षा युनिटहरुको अवस्था, भौतिक संरचनाको अवस्था, बिकास, अपराध, सीमाको अवस्था तथा अन्य समस्याहरु के के छन ती सबैको निकास निकाल्नका लागि जिल्लामा सुरक्षा गोष्ठीको आयोजना गरिएको जानकारी दिए ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिब रबिलाल पन्त, उपसचिब केदार कोइराला लगायतको उपस्थिति रहेको सो सुरक्षा गोष्ठीमा बाँकका प्रजिअ रामबहादुर कुरुम्बाङ, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, नेपाली सेना भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी नकुल थापा, सशस्त्र प्रहरी उपरीक्षक अशोक बम, प्रकाश सुवेदीलगायत जिल्ला भित्रका सबै सुरक्षा निकायका अङ्गहरुका युनिट प्रमुखहरुको सहभागिता रहेको थियो ।

यसअघि आन्तिरिक मामिला मन्त्री केसीले बाँकेको नरैनापुर गाउपालिका अन्तरगतको सुईयानाका पुगेर त्यहाँको अवस्थाको अवलोकन गर्नुको साथै नरैनापुर गाउपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागि भएका थिए ।

उनले त्यहाको सुरक्षा अवस्था कोभिड–१९ ले पारेको प्रभाव र नरैनापुरको बिकासको बारेमा चासो लिनुको साथै नरैनापुरको विकासमा प्रदेश सरकारले प्रथामिकताका साथ लिएको उल्लेख गरे ।

Next Post

बाँकेमा शनिवार २६ जना कोरोनामुक्त

२६ मंसिर २०७७, शुक्रबार १९:०९
नेपालगञ्ज : बाँकेमा शनिवार २६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका १५ पुरुष र ११ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ९ सय ३६ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइसोलेशनमा अब बाँकेका […]