बाँकेमा बिहीवार बीस जना डिस्चार्ज

सदरलाइन संवाददाता २५ मंसिर २०७७, बिहीबार १४:३१
 

नेपालगञ्ज : बाँकेमा बिहीवार २० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका १३ पुरुष र ७ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ८ सय ९४ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइसोलेशनमा अब बाँकेका १ सय ५९ जना रहेका छन् ।


हालसम्म बाँकेमा ४ हजार ९३ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ४० जनाको मृत्युु भइसकेको छ ।

Next Post

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, तीन घाइते

२५ मंसिर २०७७, बिहीबार १४:३१
धनगढी : कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि तीन जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका धनगढी उपमहानगरपालिका १९ का १९ बर्षीय पुरन बोहोराको उपचारका क्रममा नेपालगञज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत […]