‘अब इन्टरनेट अनुभव हुन्छ अझ उत्कृष्ट’

सुबिसुको फाईव जी डुयल ब्राण्ड राउटरको साथमा सेवा सुरु

सदरलाइन संवाददाता २४ मंसिर २०७७, बुधबार १७:१०
 


नेपालगञ्ज  :  नेपालको अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले आफना ग्राहकवर्गहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नका निम्ति फाईव जी डुयल ब्राण्ड राउटर सहितको सेवा सञ्चालनमा ल्याएको छ ।

सुविसुले यसअघि २.४ जीएचजेड सेवा दिदै आएको थियो भने ग्राहकहरुको इन्टरनेट अनुभवलाई अझ उत्कृष्ट बनाउने उद्देश्यका साथ फाईव जी सेवा सुरु गरेको हो ।

इन्टरनेटको बद्लिदो माग तथा अझ उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ यस कम्पनीले फाईव जीएचजेड डुयल ब्राण्ड राउटर सहितको सेवा सुरु गरेको हो ।

फाइव जीएचजेडको प्रयोगले इन्टरनेट सेवा प्रयोग गर्दा आउने प्राविधिक समस्यालाई कम गर्दै ग्राहकहरुको इन्टरनेट अनुभवलाइ अझ गुणस्तरिय बनाउने विश्वास गरिएको छ ।

ग्राहकहरुको माग र सन्तुष्टिलाई प्राथमिकतामा राखि समय समयमा कम्पनीले सेवा विस्तार तथा परिमार्जित गरि गुणस्तरीय सेवा प्रदान गर्दैआएको सुविसुका बजार व्यवस्थापक रामप्रसाद आचार्यले जानकारी दिए ।

सुबिसुका बारेमा 

सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs) व्यानएथर्नेट (WAN Ethernet) होलसेल आइ.पि ट्रान्जिट(Wholesale IP Transit), एम.भि.पि (MVP),,डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवातथाबिजनेस सोलुसन नेपालमाप्रदानगर्दै आएको छ ।

Clear TV का बारेमा

Clear TV, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायककम्पनीको उत्पादन हो । यो नेपालको पहिलो Digital Cable Television सेवाहो जसले MPEG4 Standard Definition / High Definition channels  केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्दछ ।

Next Post

कोरोनाबाट बाँकेमा दुई जनाको ज्यान गयो

२४ मंसिर २०७७, बुधबार १७:१०
नेपालगञ्ज : बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । कैलाली र कन्चनपुरका एकएक जनाको कोरोनाबाट मृत्यु भएको हो । कञ्चनपुरको बेलौरी ९ का ४५ बर्षीय पुरुषको बुधवार राती र कैलालीको जमुनी २ का ६७ वर्षीय पुरुषको बिहीवार बिहान नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको […]

सम्बन्धित