योग समितिद्वारा हडिया बाबा मन्दिरमा फलफुल बितरण

सदरलाइन संवाददाता २२ मंसिर २०७७, सोमबार ०९:५४
 

नेपालगञ्ज : नेपालगञ्जस्थित हडिया बाबा मन्दिरमा आएका साधुसन्तलाई फलफुल बितरण गरिएको छ । बाँके आरोग्य स्वास्थ्य सचेत नागरिक योग अभियानका क्रममा नेपालगञ्जको हडिया बाबा मन्दिरमा सोमवार बिहान योग गर्नुका साथै फलफुल बितरण गरिएको हो ।

योग समिति नेपाल बाँकेले त्यहाँ उपस्थित साधुसन्त, महन्त तथा गुरूहरूको उत्प्रेरणा लिने क्रममा योग अफियानमार्फत फलफुल बितरण गरेको छ ।

कार्यक्रममा बोल्दै हडिया बाबा मन्दिरका अध्यक्ष एवं योग समितिका सल्लाहकार नन्दलाल बैश्यले निरोगी बन्नका लागि नियमित योग अभ्यास आवश्यक रहेको बताए । उनले योग साधुसन्तसंग जोडिएको र उनीहरूसँग रहेको ज्ञान लिनुपर्नेमा जोड दिए ।


कार्यक्रममा सल्लाहकारद्वय बिश्वजित तिवारी र राजन रानामगर, योग प्रचारक डिला शाह, समितिका अध्यक्ष एवं योग गुरु गिरीराज शर्मालगायको उपस्थित रहेको उपाध्यक्ष सुमित्रा सुवेदीले जानकारी दिइन् ।

अभियानका क्रममा मन्दिरको सरसफाई, योगाभ्यास गर्नुका साथै ३ सय जनालाई फलफूल बितरण गरिएको छ ।

Next Post

दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

२२ मंसिर २०७७, सोमबार ०९:५४
बैतडी : महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा आइतवार राती ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्कीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । मृतक अन्य दुईको पहिचान हुन सकेको छैन । उनीहरु सबैको […]