अभिभावकसहित बालबालिकाको घरमा सिकाइ कुनाको ब्यबस्थापन अभिमुखिकरण

सदरलाइन संवाददाता २० मंसिर २०७७, शनिबार १८:२३
 



नेपालगञ्ज  : प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय प्रदेश नं ६ सुर्खेतको र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा बाँके बर्दियामा सञ्चालनमा रहेको सिकाई परियोजना अन्तरगतको बालबालिकाको सिकाइमा अभिभावकको संलग्नता सहित घरमा सिकाइ कुनाको ब्यबस्थापन अभिमुखिकरण सम्पन्न भएको छ ।

सो परियोजनाबर्दियाको राजापुर, ठाकुरवावा, बारबर्दिया नगरपालिका, गेरुवा, बढैयाताल गाउपालिका र बाँकेको खजुरा गाउपालिका क्षेत्रमा सिकाइ परियोजना संचालन भएको छ ।

एक घर ः एक पढाई कुना भन्ने नाराका साथ घरको ज्ञान र सीप वृद्धि गर्न शैक्षिक सामग्री र यसको ब्यबस्थापनका लागि विद्यालय स्तरमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

तालिममा घरमा पढाई कुना हुने पर्ने, त्यसको लागि घरमा पढ्नलाई शान्त स्थान र समय छुटयाइएको हुनेपर्ने जसले बालबालिकको स्थाई पढाई बानी विकास गर्न घरको पढाई कुना वा कोठामा बसेर पढने व्यवस्था गर्ने मिलाउनु पर्ने बारेमा छलफल गरिएको स्याक नेपालका फिल्ड अफिसर लक्षमीप्रसाद शर्माले जानकारी दिए ।

सो कार्यक्रम अनुसार पढाई कुनामा अभिभावक (हजुरवुबा, हजुरआमा, बुवा, आमा, दिदि, दाई)ले आफुले जानेका दन्त्य÷कथाहरु बालबालिकालाई सुनाउने । बालबालिकाले पढे नपढेको बारे हेरबिचार गर्नुका साथै उनीहरुले पढाईको प्रसंशा गर्दा थप बालबालीकाको हौसला बढ्ने अध्यनले देखाएको छ ।

आफना बालबालिकाको लागि विद्यालयमा पढाई हुने पाठ्यपुस्तक बाहेक केहि बालकथाका पुस्तकहरु तथा सन्दर्भ सामाग्री जस्तैः बर्णमाला, चार्टहरु (चरा, जनावार, नक्सा, तरकारी, फलफुल इन्त्यादी) शब्दकोष (डिक्सनेरी), जस्ता सामाग्रीहरु सकेसम्म व्यवस्था गरीदिनाले आफुले निर्माण गर्न जानेका सिकाई सामाग्री निर्माण तथा संकलन गरिदिने तथा प्रयाप्त कपि, कलम तथा अन्य सामाग्रीको व्यवस्था गर्दा अध्यान गर्ने बानीको बिकास हुने अपेक्षा गरिएको छ ।

तालिममा सहभागीहरुका लागि ७ वटा बिषय बस्तुमा छलफल गरि एक घरः एक पढाई कुना निर्माण गर्नका लागि समेत कार्ययोजना निर्माण गरिएको छ । अभिमुखिकरण राजापुर नगरपालिकामा ३, ठाकुरबाबा नगरपालिकामा २, बारबर्दिया नगरपालिकामा २, गेरुवा गाउपालिकामा २, खजुरा गाउपालिकामा २ र बढैयातालमा गरि करिब १२ वटा विद्यालयमा अभिमुखिकरण सम्पन्न गरिएको छ ।

सो अभिमुखिकरणमा १२ विद्यालयका करिब ३ सय जना अभिभावकको सहभागीता रहको थियो । अभिमुखिकरण कार्यक्रममा सहभागीहरुमा कोरानो भाइरसको संक्रमण फैलिन नदिनका लागि सबै सहभागीहरुको भौतिक दुरी कायम गर्ने, माक्स तथा सेनिटाइजरको अनिवार्य लगाउने समय समयमा साबुनपानीले हात धुने योजनाका साथ तालिम संचालन गरिएको परियोजनाका कार्यक्रम अधिकृत शर्माले बताए ।

यसैगरी प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालित ठाकुरवावा नगरपालिकामा निर्माणधिन ३ कोठे भवनको समेत ठाकुरवाबा नगरपालिकाले शुक्रवार अनुगमन निरिक्षण गरि आबश्यक पृष्ठपोषण गरिएकोे थियो ।

Next Post

कोरोनाबाट कैलालीका एक जनाको बाँकेमा मृत्यु

२० मंसिर २०७७, शनिबार १८:२३
नेपालगञ्ज : कोरोना संक्रमणबाट कैलालीका एक पुरुषको बाँकेमा मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का ३५ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतवार विहान सवा ४ बजे उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार मंसिर १५ गते अस्पताल […]