बैजनाथमा युवा संघको बृहद रक्तदान

सदरलाइन संवाददाता १९ मंसिर २०७७, शुक्रबार १६:५८
 

बैजनाथ (बाँके) : राष्ट्रिय युवा संघ बैजनाथ गाउँपालिका कमिटीको आयोजनामा शुक्रवार प्रभात मावि जि गाउँमा बृहद रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

युवा संघ बाँकेका संयोजक कुश्माखर बस्यालका अनुसार नेकपा नेता रत्न खत्री, डम्बर विक, रेणुका खड्का, अव्दुल हुसेन खाँ लगायत दुईसय बढिले रक्तदान गरेका छन् ।


संघका बैजनाथ गाउँपालिका कमिटीका संयोजक अगन मल्लको अध्यक्षता र राजु रुचालको सञ्चालनमा भएको कार्यक्रममा नेकपा बाँकेका अध्यक्ष आईपी खरेल, संविधानसभा सदस्य दलबहादुर सुनार, नेकपा बाँकेका सचिव अशोक कोइराला, कार्यालय सदस्य निरक गुरुङ, संघका जिल्ला इन्चार्ज सुरज जागा, सुनिल रसाईली लगायतले मन्तव्य ब्यक्त गर्दै नेकपालाई कुनैपनि हालतमा बिघटनको दिशातर्फ जान नदिन शीर्ष नेतृत्वको ध्यानाकर्षण गराए ।

Next Post

कोरोनाका कारण बाँकेमा थप दुई जनाको मृत्यु

१९ मंसिर २०७७, शुक्रबार १६:५८
नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । संक्रमणबाट बर्दिया र दाङका एकएक जना पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको हो । बर्दियाको गुलरिया नगरपालिका वडा नं. ७ का ७२ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शुक्रवार राती सवा २ बजे मृत्यु भएको छ । […]