जनप्रतिनिधिलाई दुईदिने स्थानीय कानुन तर्जुमा तथा सभा सन्चालन तालिम

लक्ष्मी तिमिल्सेना १८ मंसिर २०७७, बिहीबार १८:५२
 

राप्तीसोनारी (बाँके) : गाउँपालिका महासंघको आयोजनामा बाँकेको राप्तीसोनारी गाँउपालिकामा स्थानीय कानुन तर्जुमा तथा सभा सन्चालन सिकाई अभ्यास २ दिने कार्यशाला आजबाट सुरु भएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघका सचिवालय सदस्य तथा खजुरा गाउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले संघिय संरचना अन्र्तगत पाएको राजनीतिक, प्रशासनिक र वित्तिय अधिकारहरु उपयोगका लागि कानुनको आवश्यकता पर्ने कुरामा जोड दिदै कार्यशालाको उत्घाटन सत्रमा बोल्दै स्थानीय कानुन बनाउन स्थानीय तहका जनप्रतिनिधिहरु सक्षम हुन आवश्यक रहेको उल्लेख गरे ।

कार्यशाला उत्घाटन सत्रमा बोल्दै पालिका अध्यक्ष लाहुराम थारुले यस्तो सिकाई कार्यशाला स्थानीय सरकार सन्चालनको सुरुवाती चरणमै गरिनुपर्ने बताउदै ढिलो भएपनि यो कार्यक्रम आयोजना भएकोमा खुसी व्यक्त गरे ।


कार्यशालामा संघले स्थानीय तहलाई दिएको २२ वटा एकल अधिकार र अन्य साझा अधिकार कसरी स्थानीय तहले उपयोग गर्ने कानुुन कसरी बनाउने भन्ने विषयमा विषय विज्ञ तथा अधिवक्ता प्रेम धितालले सहजिकरण गर्नेछन् ।

जीआईजेट र गाँउपालिका राष्ट्रिय महासंघकोे सहकार्यमा सुरु भएको सो कार्यशालामा कानुन तर्जुमा कसरी गर्ने, विधेयक कसरी ल्याउने र सभा कसरी सन्चालन गर्ने भन्ने विषयमा छलफल हुनेछ ।

राप्तीसोनारी गाँउपालिका सम्पुण जनप्रतिनिधिको सहभागिता रहेको सो कार्यशालामा राप्तीसोनारी गाँउपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीले कार्यक्रमको शुभकामना व्यक्त गर्नुको साथै गाँउपालिका राष्ट्रिय महासंघका बरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र प्याकुरेलले कार्यक्रमका सहभागिलाई स्वागत गरेका थिए ।

Next Post

कोरोनाका कारण बाँकेमा थप तीन जनाको ज्यान गयो

१८ मंसिर २०७७, बिहीबार १८:५२
नेपालगञ्ज : बाँकेमा उपचाररत दाङका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का ४५ बर्षीय पुरुषको बिहीवार राति ९ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । त्यस्तै दाङको तुलसीपुरकै वडा नम्बर ५ का ८१ बर्षीय पुरुषको पनि बिहीवार राति पौने ११ बजे […]