कोरोनाका कारण सुर्खेतका एक जनाको मृत्यु

सदरलाइन संवाददाता १८ मंसिर २०७७, बिहीबार १३:५३
 

नेपालगञ्ज : कोरोनाका कारण सुर्खेतका एक जनाको नेपालगञ्जमा मृत्यु भएको छ । भेरीगंगा नगरपालिका वडा नम्बर ९ का ७० बर्षीय पुरुषको बिहीवार विहान १० बजेर ५६ मिनटमा भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।


उनी मंसिर ८ गते अस्पताल भर्ना भएका थिए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार योसँगै जिल्ला बाहिरबाट बाँकेमा उपचार गराउन आएका मृतकको संख्या ५४ पुगेको छ ।

Next Post

पौडेललाई पक्राउ गरेको बिरोधमा अत्तरियामा चक्काजाम

१८ मंसिर २०७७, बिहीबार १३:५३
कैलाली : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ गरेको बिरोधमा अत्तरियामा चक्काजाम गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्बर–४ ले नेता पौडेललाई प्रहरीले प्रक्राउ गरेको बिरोधमा अत्तरियामा आधा घण्टा चक्काजाम गरेको हो । नेविसंघका नेता तथा कांग्रेसका नेता कार्यकता सहभागि रहको चक्काजाम पछि […]