अनेरास्ववियु कोहलपुर नगर संयोजकमाथि खुकुरी प्रहार

सदरलाइन संवाददाता १८ मंसिर २०७७, बिहीबार ०९:१९
 


कोहलपुर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुका जिल्ला कमिटी सचिवालय सदस्य तथा कोहलपुर नगरपालिका संयोजक लक्ष्मण आचार्य (मानव) माथि खुकुरी प्रहार भएको छ ।

बुधवार राती करिब १० बजेतिर कोहलपुर नगरपालिकाको कार्यलय नजिक उनीमाथि खुकुरी प्रहार भएको हो । नेपालगञ्जबाट फर्किएर घर जाने क्रममा आफुमाथि अपरिचित समुहले हमला गरी टाउकोमा खुकुरी प्रहार गरेको मानवले बताएका छन् ।

आक्रमणबाट टाउकोमा चोट लागेका उनको स्वास्थ्यस्थिती समान्य रहेको छ ।

Next Post

कोरोनाका कारण सुर्खेतका एक जनाको मृत्यु

१८ मंसिर २०७७, बिहीबार ०९:१९
नेपालगञ्ज : कोरोनाका कारण सुर्खेतका एक जनाको नेपालगञ्जमा मृत्यु भएको छ । भेरीगंगा नगरपालिका वडा नम्बर ९ का ७० बर्षीय पुरुषको बिहीवार विहान १० बजेर ५६ मिनटमा भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी मंसिर ८ गते अस्पताल भर्ना भएका थिए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका […]

सम्बन्धित