कोरोनाका कारण बाँकेमा थप एकको मृत्यु

सदरलाइन संवाददाता १८ मंसिर २०७७, बिहीबार ०९:०१
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कोहलपुर नगरपालिका २ का ७४ वर्षीय बृद्धको बुधवार राती २ बजे मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार मंसीर ६ गते अस्पताल भर्ना भएका ति पुरुषमा कोरोना संक्रमण देखिएको थियो । रोगको प्रकृति अनुसार सबै उपचार विधि अपनाउँदासमेत उनको स्वास्थ्यमा सुधार नआएपछि उनको उपचारकै क्रममा मृत्यु भएको हो ।


योसँगै कोरोना संक्रमणबाट बाँकेमा ज्यान गुमाउनेको सँख्या ३९ पुगेको छ ।

Next Post

अनेरास्ववियु कोहलपुर नगर संयोजकमाथि खुकुरी प्रहार

१८ मंसिर २०७७, बिहीबार ०९:०१
कोहलपुर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुका जिल्ला कमिटी सचिवालय सदस्य तथा कोहलपुर नगरपालिका संयोजक लक्ष्मण आचार्य (मानव) माथि खुकुरी प्रहार भएको छ । बुधवार राती करिब १० बजेतिर कोहलपुर नगरपालिकाको कार्यलय नजिक उनीमाथि खुकुरी प्रहार भएको हो । नेपालगञ्जबाट फर्किएर घर जाने क्रममा आफुमाथि अपरिचित समुहले […]