नेपालगञ्ज विमानस्थल अन्तराष्ट्रियस्तरको बनाईदै

रुद्र सुवेदी १६ मंसिर २०७७, मंगलवार २२:२६
 

नेपालगञ्ज  : सस्कृती, पर्यटन तथा नागरिक उडययन मन्त्री योगेश भट्टराईले नेपालगञ्ज बिमनस्थल अन्तराष्ट्रिय उडान गर्न मिल्ने गरी बिस्तार गरिने बताएका छन । उनले यसका लागि आवश्यक बिस्तृत गुरुयोजना समेत स्वीकृत भईसकेको बताए ।

उनले नेपालगञ्ज र बिमानस्थल सरकारको प्राथमिकतामा रहेको विमानस्थल भएको बताएका छन् । मन्त्री भट्टराईले मंगलबार नेपालगञ्ज विमानस्थलमा नवनिर्मित जाहाज पार्किङ्ग स्थल एप्रोनको उद्घाटन गर्दै सो कुरा बताएका हुन ।

उनले नेपालगञ्ज र बिराटनगर बिमानस्थलको बिस्तृत गुरुयोजाना स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको जानकारी दिदै भने–‘ सरकारले बिराटनगर र नेपालगञ्ज बिमानस्थललाई प्राथामिकतामा राखेर सोही अनुसार हबको रुपमा विकास गर्ने गरी गुरु योजना स्वीकृत समेत गरेको छ ।’

मन्त्री भट्टराईले नागरिक उड्ययन मन्त्रालयले नेपालगञ्ज विमान स्थलको रनवे बिस्तारसंगै नयाँ टर्मिनल भवन निर्माण, अन्य पूर्वाधार निर्माणको लागि पनि पहल गरेकोले सरकारले केही पनि गरेन पछाडि पार्यो भन्न सोच नपाल्ल आग्रह समेत गरे ।


नेपालगञ्ज विमानस्थलमा नबनिर्मित एप्रोन सहित ठूला एयरबस र बोइङ्ग जाहाज पार्किङ्ग गर्न मिल्ने संगै एटिआर–७२ आठ वटा तथा साना ठूला गरी अन्य जाहाज पनि पार्किङ्ग गर्न मिल्ने गरि निर्माण गरिएको बताए छ । कुल २८ करोड ५३ लाखको लागतमा निर्माण गरिएको सो पार्किङ्ग स्थल निर्माण सम्पन्न भएसंगै तत्कालै ठूला जाहाज सजिलै ल्याण्ड गर्न मिल्नेगरी रनवे विस्तार गर्ने र चाँडै नै अन्तराष्ट्रिय उडान भर्ने गरी हालको १ हजार ५ सय ५ मिटरबाट बढाएर १ हजार ७ सय ५ पुराउने गरी रनवे थप गर्न सुरु गरिएको छ ।

नागरिक उडययन प्रधिकरणका महानिर्देशक राजन पोर्खेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघिय सांसद महेश्वर गहतराजले नेपालगञ्ज विमानस्थलको विकासको लागि सबैको अपनत्व हुने गरी अघि बढ्नु पर्ने बताएका थिए ।

सो कार्यक्रममा, लुम्बिनि प्रदेश सभा सदस्य आईपी खरेल र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले शुभकामना व्यक्त गरेका थिए ।

 

Next Post

राष्ट्रिय गौरबका योजना सिक्टा सिँचाईको उच्चस्तरिय अनुगमन

१६ मंसिर २०७७, मंगलवार २२:२६
नेपालगञ्ज  :  राष्ट्रिय गौरबको आयोजना सिक्टा सिचाई आयोजनाको प्रगति र अवस्थाको बारेमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय लगायतबाट स्थलगत अनुगमन गरिएको छ । राष्ट्रिय गौरवको आयोजना निर्माण कार्य ढिला सुस्ती भएको जनगुनासो आईरहेको बेलामा राष्ट्रिय गौरबका आयोजनाहरुको निर्माणाधिन अवस्थाको बारेमा पस्चिम नेपालबाट स्थलगत […]