भेरी अस्पतालद्वारा ५० हजार जनाको कोरोना परीक्षण

सदरलाइन संवाददाता १६ मंसिर २०७७, मंगलवार १७:१३
 


नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा हालसम्म ५० हजार जनाको कोरोना परीक्षण भएको छ । कोरोना संक्रमण देखिएको केही महिनापछि अस्पतालमा स्थापना भएको प्रयोगशालामार्फत हालसम्म ४९ हजार ८ सय ११ जनाको थ्रोट स्वाब नमूना परीक्षण भएको छ ।

प्रयोगशालामा हालसम्म ४९ हजार ८ सय ११ जनाको थ्रोट स्वाब नमूना पुगेको र सोही नमूना परीक्षण गरिएको अस्पतालले जनाएको छ । परीक्षण भएकाहरुमध्ये ४५ हजार जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार ४५ हजार ३१ जनामा कोरोना संक्रमण फेला परेको छ ।

यसका साथै पश्चिम नेपालमै सबैभन्दा बढि कोरोना परीक्षण हुने प्रयोगशालाका रुपमा समेत भेरीको प्रयोगशाला रहेको छ । यो प्रयोगशालामा बाँके, बर्दिया, दांग, प्युठान लगायत उपचारका लागि बाँके आउने बिरामीहरुको स्वाब संकलन गरी कोरोना परीक्षण हुँदै आएको छ ।

यसैबीच पछिल्लो २४ घण्टा भेरीकाके प्रयोगशालामा गरिएको परीक्षणबाट थप २५ जनामा कोरोना संक्रमण फेला परेको मंगलवार जारी गरेको सूचनामा जनाइएको छ । गत २४ घण्टामा प्रयोगशालामा ८० जनाको स्वाब परीक्षण हुँदा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेहरुमा बाँकेको नेपालगञ्ज, कोहलपुर, राप्तीसोनारी, खजुरा, बर्दियाको बढैयाताल गाउँपालिका, ठाकुरबाबा नगरपालिका, स्वास्थ्य कार्यालय, सुर्खेतको बिरेन्द्रनगर, अछामको पञ्चदेवल, दैलेखको डल्लु, दांगको तुलसीपुर र कैलालीको टिकापुरका व्यक्तिमा कोरोना देखिएको हो ।

Next Post

नेपालगञ्ज विमानस्थल अन्तराष्ट्रियस्तरको बनाईदै

१६ मंसिर २०७७, मंगलवार १७:१३
नेपालगञ्ज  : सस्कृती, पर्यटन तथा नागरिक उडययन मन्त्री योगेश भट्टराईले नेपालगञ्ज बिमनस्थल अन्तराष्ट्रिय उडान गर्न मिल्ने गरी बिस्तार गरिने बताएका छन । उनले यसका लागि आवश्यक बिस्तृत गुरुयोजना समेत स्वीकृत भईसकेको बताए । उनले नेपालगञ्ज र बिमानस्थल सरकारको प्राथमिकतामा रहेको विमानस्थल भएको बताएका छन् । मन्त्री भट्टराईले मंगलबार नेपालगञ्ज विमानस्थलमा […]

सम्बन्धित