उपचारका क्रममा दाङका एक संक्रमितको मृत्यु

सदरलाइन संवाददाता १६ मंसिर २०७७, मंगलवार १६:५९
 


दाङ : कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ का ५५ वर्षीय महिलाको मंगलवार बिहान मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार ती महिलाको मंसिर ११ गते दाङमा पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई मंसिर १४ गते बुटवल ल्याइएको थियो ।

Next Post

भेरी अस्पतालद्वारा ५० हजार जनाको कोरोना परीक्षण

१६ मंसिर २०७७, मंगलवार १६:५९
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा हालसम्म ५० हजार जनाको कोरोना परीक्षण भएको छ । कोरोना संक्रमण देखिएको केही महिनापछि अस्पतालमा स्थापना भएको प्रयोगशालामार्फत हालसम्म ४९ हजार ८ सय ११ जनाको थ्रोट स्वाब नमूना परीक्षण भएको छ । प्रयोगशालामा हालसम्म ४९ हजार ८ सय ११ जनाको थ्रोट स्वाब नमूना पुगेको र […]