जानकीमा झडप हुँदा एकको मृत्यु, पाँच घाईते

सदरलाइन संवाददाता १६ मंसिर २०७७, मंगलवार ०७:४७
 

जानकी (बाँके) : दुई पक्षबीच झडप हुँदा बाँकेको जानकी गाँउपालिका ५ बनियाँ गाँउका एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । बनियाँ गाउँका स्थानीयहरु बीच सोमवार बेलुका झडप हुँदा सोही वडाका धनिराम यादवको मृत्यु भएको हो । झडपमा परी स्थानीय पञ्चराम यादव, मुन्ना खटिक, राम नारायण गुप्ता, मनदेवी काँदु, पर्वत काँदु घाइते भएको बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।

झडपमा घाईते भएका यादवको उपचारमा क्रममा नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा मृत्यु भएको हो । प्रहरीका अनुसार घटनामा संलग्न ४ जनालाई प्रकाउ गरिएको छ ।


हरेक वर्ष पूर्णिमाका दिन सोही ठाउँमा लाग्ने गुरुवा गाउँ मेलामा सामान्य विवाद भएपछि प्रहरीले दुबै पक्षलाई सम्झाएर पठाएको थियो ।

Next Post

बाइडेनको टिममा ज्यानेट येलेन वित्त मन्त्री

१६ मंसिर २०७७, मंगलवार ०७:४७
काठमाण्डौ : अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो प्रशासनमा ज्यानेट येलेनलाई वित्त मन्त्रालयको जिम्मा सुम्पिने घोषणा गरेका छन् । बाइडेनले फेडरल रिजर्भकी पूर्व अध्यक्ष येलेनलाई आफ्नो वित्त मन्त्रीका रुपमा नियुक्त गर्ने प्रस्ताव गरेका हुन् । माथिल्लो सदन सिनेटले प्रमाणिकरण गरेमा येलेन वित्त मन्त्रीको जिम्मेवारी पाउने उनी पहिलो महिला हुने छिन् […]