राप्तीसोनारी अस्पतालको उद्घाटन

सदरलाइन संवाददाता १४ मंसिर २०७७, आईतवार १६:४४
 

राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा १५ शैयाको राप्तीसोनारी अस्पताल उदटन गरिएको छ । आइतवार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लाहुराम थारुले अस्पतालको उद्घाटन गरे ।

वडा नम्बर ४ मा रहेको बैजापुर स्वास्थ्य चौकीलाई राप्तीसोनारी अस्पतालका रुपमा स्तरोन्नति गरिएको हो । प्रत्येक पालिकामा १५ शैयाको अस्पताल बनाउने संघीय सरकारको नीति अनुसार गाउँपालिकाले स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरेर सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष थारुले बताए ।

अस्पतालकारुपमा स्तरोन्नति भएसँगै अब नर्मल सर्जरी सेवासमेत यहीँबाट दिने तयारी अस्पतालले गरेको अस्पतालका प्रमुख डा. गोविन्द प्रसाद थारुले बताए । सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन अध्यक्ष थारुले स्वास्थ्यकर्मीहरुलाई निर्देशनसमेत दिए । सामान्य विरामी हुँदा पनि नेपालगञ्ज अथवा कोहलपुर पुग्नुपर्ने बाध्यताको अब अन्त्य भएको अध्यक्ष थारुले बताए । बार्षिक करीब २० हजारलाई सेवा दिँदै आएकोमा अब अस्पताल बनेपछि बार्षिक ३० हजारलाई सेवा दिने लक्ष्य लिइएको डा. थारुले बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, वडा नम्बर ४ का अध्यक्ष कान्छा थारु, ८ नम्बरका अध्यक्ष खुमबहादुर बस्नेत, लेखा अधिकृत गौरब लामिछाने, स्वास्थ्य शाखा प्रमुख, उपप्रमुख सुरेश शर्मा, शिक्षा प्रमुखलगायत अन्य कर्मचारी र स्थानीयहरुको उपस्थिति थियो ।


अस्पताल उद्घाटनकै दिन रोटरी क्लव अफ सेन्ट्रल बाँकेले गाउँपालिकासँगको सहकार्यमा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ । भेरी अस्पतालका चिकित्सकहरुको उपस्थितिमा रोटरीले शिविर आयोजना गरेको हो ।

भेरी अस्पतालका बरिष्ठ फिजिशीयन डा. संकेत रिसाल, वरिष्ठ सर्जन डा. रुपानन्द अधिकारी, बालरोग विशेषज्ञ डा. कुलदिप गोइत, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. दिनेश चौधरी, स्त्रीरोग विशेषज्ञ डा.कुमारसान शाह, छालारोग विशेषज्ञ डा.आरके झा, नेत्र सहायक विमल कार्की, डेन्टलका प्रेम डुम्रेलगायतको उपस्थिति रहेको थियो । शिविरबाट ४ सय बढीले सेवा लिएका छन् ।

Next Post

अफगानिस्तानमा आत्मघाती आक्रमण, २६ सुरक्षाकर्मी मारिए

१४ मंसिर २०७७, आईतवार १६:४४
काठमाण्डौ : अफगानिस्तानको घाज्नी प्रान्तमा आइतवार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भीषण आक्रमण गरिएका थिएनन् । घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ […]