उद्योग वाणिज्य महासंघमा चन्द्र ढकाल बिजयी

सदरलाइन संवाददाता १४ मंसिर २०७७, आईतवार ०८:२९
 

नेपालगञ्ज : निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष चन्द्र ढकाल बन्ने भएका छन् । शनिवार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्दी किशोर प्रधानलाई पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि २० औँ अध्यक्षको पद सुनिश्चित गरेका हुन् ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षनै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था गरेकोले उपाध्यक्ष र सोभन्दा मुनिका विभिन्न पदमा शनिवार मतदान भएको थियो । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नेछन् ।

३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत ल्याएका छन् । २० प्रतिशत मत भार रहकेको वस्तुगतमा चन्द्र ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याए । ५० प्रतिशत मत भार रहेको जिल्ला–नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याए ।


ढकालले वस्तुगगततर्फ १२.०४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४.७६ प्रतिशत , एसोशिएटतर्फ १७.४६प्रतिशत मत ल्याएर कुल ५४.२६ प्रतिशत मत ल्याए । प्रधानले ४५.७४ प्रतिशत मात्रै मत ल्याउन सके ।

शनिवार रातिनै मत परिणाम आएको महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोशिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भइसकेका छन् ।

Next Post

‘शासन व्यवस्था फेर्नेको सम्मान भएन’

१४ मंसिर २०७७, आईतवार ०८:२९
लक्ष्मी तिमिल्सेना/नेपालगञ्ज : नेपालको शासन व्यवस्था परिवर्तन गर्न नेपालमा विभिन्न समयमा विभिन्न आन्दोलनहरु भए । तिनै आन्दोलनहरुमध्ये एक दशक लामो चलेको सशस्त्र द्वन्द्व पनि एक हो । शासक फेरिए अनि शासन व्यवस्था पनि फेरियो । तर, अहिलेसम्म शासक र शासन व्यवस्था फेर्न देशका लागि योगदान गर्नेहरुको सम्मान र कदर हुन […]