भेरीको परीक्षणमा १८ संक्रमित थपिए

सदरलाइन संवाददाता १२ मंसिर २०७७, शुक्रबार १७:००
 

नेपालगञ्ज : भेरी अस्पतालको परीक्षणमा बाँके आठसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७३ जनाको नमुना परीक्षण गर्दा बाँकेका १८ सहित अन्य जिल्लाका गरी १८ जनामा संक्रमण पुष्टि भएको हो ।


भेरी अस्पतालले शुक्रवार जारी गरेको सूचनाअनुसार हालसम्म प्राप्त ४९ हजार ४ सय २२ जनाको स्वाब परीक्षण गर्दा ३ हजार ४ सय ४२ जनामा कोरोना देखिएको छ । कोरोनाका कारण बाँकेमा ३८ जनाको मृत्युु भइसकेको छ ।

Next Post

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा

१२ मंसिर २०७७, शुक्रबार १७:००
काठमाण्डौ : नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले शनिवार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लिलामणि पौडेलले महासंघको नयाँ कर्यसमितिका लागि शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताए । महासंघको चुनावका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ । जिल्ला […]