भेरीको परीक्षणमा बाँकेका १६ सहित ३३ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १० मंसिर २०७७, बुधबार १६:५४
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जको पिसीआर ल्यावमा गरिएको परीक्षणमा ३३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । अस्पतालद्वारा बुधवार जारी विवरणअनुसार पछिल्लो २४ घण्टामा १ सय १ जनाको नमुना परीक्षण गरिएकोमा बिभिन्न जिल्लाका ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा बढि संक्रमित बाँकेका रहेका छन् । बाँकेका १६, बर्दियाका ७, सुर्खेतका ४, कैलालीका २ तथा प्युठान र सल्यानका एकएक जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।


भेरी अस्पतालमा हालसम्म प्राप्त ४९ हजार २ सय २७ जनाको नमुना परीक्षण गर्दा ४ हजार ३ सय ८३ जनामा संक्रमण पुष्टि भईसकेको अस्पतालको विवरणमा उल्लेख छ ।

Next Post

बाँकेमा बिहीवार २ जना मात्र डिस्चार्ज

१० मंसिर २०७७, बुधबार १६:५४
नेपालगञ्ज : बाँकेमा बिहीवार २ जना मात्र कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । होम आइसोलेशनमा बसेका २ पुरुष कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ५ सय ८३ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । अब […]