अति विपन्न परिवारका लागि घर निर्माण शुरु

सदरलाइन संवाददाता ९ मंसिर २०७७, मंगलवार १४:३१
 

नेपालगञ्ज : शहरी विकास तथा भवन कार्यालयले जनता आवास कार्यक्र अन्तर्गत बाँकेका गरिव तथा विपन्न परिवारका लागि घर निर्माण शुरु भएको छ । बाँके क्षेत्र नं. २ बाट विजयी संघीय सांसद तथा पूर्व सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको संयोजकत्वमा बसेको बैठकले सुरक्षित नागरिक आवास निर्माण गर्ने निर्णय गरेपछि घर निर्माण शुरु भएको हो ।

विक्रम सम्वत् २०७१ सालमा राप्ती नदीमा आएको बाढीले घर भत्काएका परिवारको घर निर्माण सुरु भइसकेको सांसद राईले बताए । उनले बाँके क्षेत्र नं. २ मा बाढीपीडितका लागि ८ सय ८० वटा घर निर्माण गरिने बताए ।


त्यसैगरि, अति विपन्न तथा गरिव ७ सय ६३ वटा घर निर्माण गरिन लागेको पूर्वमन्त्री समेत रहेका राईले बताए । सोही कार्यक्रमअन्तर्गत डुडुवा गाउँपालिकाको ६ वटा वडामा तीन सय ९९ र बाढी प्रभावितहरुका लागि ८ सय २ वटा घर निर्माण हुने भएको छ भने, नेपालगञ्ज उपमहानगरपालिकाको २३ वटै वडामा ३ सय ६४ र बाढी प्रभावितका लागि ७८ वटा घर निर्माण कार्य अघि बढिसकेको राईले जानकारी दिए ।

Next Post

हजुरआमाको हत्या आरोपमा एक पक्राउ

९ मंसिर २०७७, मंगलवार १४:३१
दाङ : आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले मंगलवार बिहान एक जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका–१ चिसापानीकी ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गए राति दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २८ वर्षीय नाति जीवनलाई प्रहरीले पक्राउ गरेको हो । चिर्पटको प्रहारबाट गम्भीर घाइते […]

सम्बन्धित