कोरोना संक्रमित प्युठानका एक पुरुषको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता ९ मंसिर २०७७, मंगलवार १४:२२
 
फाइल तस्विर

नेपालगञ्ज : कोरोना संक्रमणबाट प्युठानका एक पुरुषको नेपालगञ्जमा मृत्यु भएको छ । नौबहिनी गाउँपालिका वडा नम्बर ६ का ७८ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा मंगलवार विहान ९ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका उनको कोभिडको आशंकामा त्यसै दिन स्वाब संकलन गरिएको थियो । मंसिर १ गते कोरोना पुष्टि भएका उनलाई २ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।


विरामीकोे रोगको प्रकृति अनुसार उपचार गरिएपनि स्वास्थ्यमा सुधार नभएपछि उनको मंगलवार विहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । योसंगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Next Post

अति विपन्न परिवारका लागि घर निर्माण शुरु

९ मंसिर २०७७, मंगलवार १४:२२
नेपालगञ्ज : शहरी विकास तथा भवन कार्यालयले जनता आवास कार्यक्र अन्तर्गत बाँकेका गरिव तथा विपन्न परिवारका लागि घर निर्माण शुरु भएको छ । बाँके क्षेत्र नं. २ बाट विजयी संघीय सांसद तथा पूर्व सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको संयोजकत्वमा बसेको बैठकले सुरक्षित नागरिक आवास निर्माण गर्ने निर्णय गरेपछि घर […]