भेरीको परीक्षणमा बाँकेका २१ सहित ५४ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ८ मंसिर २०७७, सोमबार १७:४५
 

नेपालगञ्ज : भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २१ सहित ५४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय १८ जनामा गरिएको परीक्षणमा बाँकेका २१ सहित रुकुम, जाजरकोट, बर्दिया, हुम्ला र जुम्लाका ५४ जनामा कोरोना पुष्टि भएको हो ।


हालसम्म ४९ हजार ६६ जनाको परीक्षण गर्दा ४ हजार ३ सय ३९ जनामा कोरोना देखिएको भेरी अस्पतालले सोमवार बेलुकी जारी गरेको सूचनामा उल्लेख छ । कोरोनाका कारण बाँकेमा ३८ जनाको ज्यान गइसकेको छ ।

Next Post

बाँकेमा मंगलवार २८ जना डिस्चार्ज

८ मंसिर २०७७, सोमबार १७:४५
नेपालगञ्ज : बाँकेमा मंगलवार २८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १५ पुरुष र १३ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ५ सय ५८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए […]

सम्बन्धित