दाङका दुई कोरोना संक्रमितको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता ७ मंसिर २०७७, आईतवार ०८:२६
 

नेपालगञ्ज : बाहिरी जिल्लाबाट आएर बाँकेमा उपचार गराइ रहेका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा दाङका दुई जना कोरोना संक्रमित पुरुषको शनिवार राती मृत्यु भएको हो ।

घोराही उपनहानगरपालिका वडा नम्बर ९, बनगाउँ दाङका ६७ बर्षीय कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिवार राती ११ बजरे ५० मिनटमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
यस्तै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमै उपचारका क्रममा दाङका अर्का एक संक्रमित पुरुषको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९, बेलुवाका ६८ बर्षीय पुरुषको उपचारका क्रममा शनिवार राती १ बजेर ४० मिनटमा मृत्यु भएको हो ।


योसँगै जिल्ला बाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउन आई मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

Next Post

बाइडेनको जितलाई औपचारिकता प्रदानमा ढिलाई

७ मंसिर २०७७, आईतवार ०८:२६
काठमाण्डौ : चुनावमा पराजित भएर पनि हार स्वीकार नगरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पार्टीलाई नतिजा उल्ट्याउनका लागि ‘सबै प्रयास’ गर्न बाध्य पारेका छन् । प्रमाण बिना ट्रम्पले चुनावमा धाँधलीको आरोप लगाउँदै आफूबाट नतिजा खोसिएको बताउँदै आएका छन् । उनले अदालतमा दायर गरेका मुद्दाहरु लगातार खारेज भइरहेका बेला बाइडेनले जितेको […]

सम्बन्धित