बाँकेमा शनिवार ४३ जना डिस्चार्ज

सदरलाइन संवाददाता ६ मंसिर २०७७, शनिबार ०८:२४
 


नेपालगञ्ज : बाँकेमा शनिवार ४३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २९ पुरुष र १४ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ४ सय ७३ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

अब आइसोलेशनमा बाँकेका १ सय ३६ र अन्य जिल्लाका ४७ गरी १ सय ८३ जना रहेका छन् । हालसम्म बाँकेमा ३ हजार ६ सय ४६ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३७ जनाको मृत्युु भइसकेको छ ।

Next Post

संक्रमित ४२ जनाको अवस्था चिन्ताजनक

६ मंसिर २०७७, शनिबार ०८:२४
नेपालगञ्ज : बाँकेका विभिन्न अस्पतालको आइसोलेशनमा उपचाररत ४२ जनाको अवस्था चिन्तानजक रहेको छ भने ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये ४४ जना बाहिरी जिल्लाका र ३७ जना बाँकेका भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन समितिका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिकाका ९ महिला र १५ […]

सम्बन्धित