तीन लाख घुससहित मालपोतका नासु पक्राउ

सदरलाइन संवाददाता ५ मंसिर २०७७, शुक्रबार १६:४०
 


नेपालगञ्ज : मालपोत कार्यालय दाङका नायब सुब्बा र कार्यालय सहयोगी घुससहित पक्राउ परेका छन् । जग्गा नाप जाँच गरी पुर्जा बनाई दिने भन्दै सेवाग्राहीबाट लिएको ३ लाख २० हजार घुस रकमसहित नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे पक्राउ परेका हुन् ।

घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले शुक्रवार दुबै जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

दुबै जनामाथि थप अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले जनाएको छ ।

Next Post

खजुरा क्यान्सर अस्पतालमा अपरेशन सेवा सुरु

५ मंसिर २०७७, शुक्रबार १६:४०
खजुरा (बाँके)  : बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आज शुक्रबारदेखि अपरेशन (सर्जरी) सेवा सुरु गरिएको छ । संघिय सांसद नन्दलाल रोकायले सो सेवाको एक कार्यक्रमका बीच उद्घाटन समेत गरेका छन् । सो अवसरमा खजुरा गाउपालिकाका अध्यक्ष तथा अस्पतालका संस्थापक अध्यक्ष किस्मतकुमार कक्षपतिले १५ वर्ष अघि जनताको प्रत्यक्ष सहभागितामा […]