बाँके प्रहरीको हिरासतमा थुनुवाले गरे आत्महत्या

सदरलाइन संवाददाता ५ मंसिर २०७७, शुक्रबार ११:५२
 


नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा एक थुनुवाले आत्महत्या गरेका छन् । बाँकेको वनकट्टीमा भएको बालक अपहरण तथा हत्या काण्डमध्येका एक अभियुक्त बावुलाल रैदासले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा शुक्रवार विहान मृत भेटिएका हुन् ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बालक अपहरण तथा हत्या काण्डका अभियुक्त रैदास प्रहरीको हिरासत कक्षको शौचालयको झ्यालको डण्डीमा टाउकोमा बाँधेको कपडाको पासो लगाई झुण्डिएर मृत अवस्थामा फेला परेको बताए । उनका अनुसार रैदासमाथि अभद्र तथा कर्तव्य ज्यान मुद्दामा समेत अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको थियो ।

शुक्रवार विहानै हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा रैदास फेला परेपछि हिरासत कक्षमा सँगै रहेका अन्य ब्यक्तिहरूबाट जानकारी पाएपछि रैदासका आफन्त, वडाका जनप्रतिनिधी, वकील, चिकित्सक, मानवअधिकारवादी, प्रशासन र आफनो माथिल्लो निकायलाई खवर गरेर प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी पोष्टमार्टमको लागि रैदासको शवलाई भेरी अस्पतालमा पठाइएको छ ।

अभियुक्त रैदासले टाउकोमा बाँधेको कपडाको पासो बनाई अरुसगैं रहेका थुनुवा सुतेको मौका पारी घाँटीमा पासो लगाएर हिरासत भित्रको शौचालयको झ्यालको डण्डीमा झुण्डिएर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

तत्कालीन भुमिगत समुह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) समुहमा आवद्ध रहेर रैदासले विभिन्न अपराधिक क्रियाकलाप गर्दै आएका थिए । उनि यसअघि पनि हातहतियार तथा खरखजना मुद्दामा ८ वर्ष जेल सजाय पाएका ब्यक्ति भएको प्रहरीले बताएको छ ।

Next Post

तीन लाख घुससहित मालपोतका नासु पक्राउ

५ मंसिर २०७७, शुक्रबार ११:५२
नेपालगञ्ज : मालपोत कार्यालय दाङका नायब सुब्बा र कार्यालय सहयोगी घुससहित पक्राउ परेका छन् । जग्गा नाप जाँच गरी पुर्जा बनाई दिने भन्दै सेवाग्राहीबाट लिएको ३ लाख २० हजार घुस रकमसहित नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे पक्राउ परेका हुन् । घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग […]