बाँकेमा शुक्रवार १६ जना डिस्चार्ज

सदरलाइन संवाददाता ५ मंसिर २०७७, शुक्रबार ०८:०६
 


नेपालगञ्ज : बाँकेमा शुक्रवार १६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका ८ पुरुष र ८ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ४ सय ३० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

अब आइसोलेशनमा बाँकेका १ सय ७९ र अन्य जिल्लाका ४१ गरी २ सय २० जना रहेका छन् । हालसम्म बाँकेमा ३ हजार ६ सय ४६ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३७ जनाको मृत्युु भइसकेको छ ।

Next Post

बाँके प्रहरीको हिरासतमा थुनुवाले गरे आत्महत्या

५ मंसिर २०७७, शुक्रबार ०८:०६
नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा एक थुनुवाले आत्महत्या गरेका छन् । बाँकेको वनकट्टीमा भएको बालक अपहरण तथा हत्या काण्डमध्येका एक अभियुक्त बावुलाल रैदासले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा शुक्रवार विहान मृत भेटिएका हुन् । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बालक अपहरण तथा […]

सम्बन्धित