दाङका कोरोना संक्रमितको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता २ मंसिर २०७७, मंगलवार १३:३३
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट दाङका एक पुरुषको बाँकेमा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ७५ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मंगलवार बिहान मृत्युु भएको हो ।

उनको केही समय अगाडि मुटुको भल्भको अप्रेशन गरिएको थियो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या आएपछि कार्तिक २६ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका उनको कोभिडको आशंकामा स्वाब परीक्षण गर्दा २७ गते कोरोना पुष्टि भएको थियो ।


त्यसपछि कार्तिक २७ गतेनै उनलाई भेरी अस्पतालमा लगिएको थियो । योसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Next Post

देशभर पाँच सय दुई संक्रमित थपिए

२ मंसिर २०७७, मंगलवार १३:३३
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, सोही समयावधिमा २ हजार ८ सय ७८ जना संक्रमित कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार हाल सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ […]