हुम्लामा हिमपात, तापक्रम माइनस सात डिग्री

सदरलाइन संवाददाता २ मंसिर २०७७, मंगलवार ०८:२९
 


हुम्ला : हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो ।

जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीय राजबहादुर बोहराले बताए । बिहानै तापक्रम माइनस सात डिग्री पुगेको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ ।

हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ । मानिसहरु हिउँमा रमाउन थालेका छन् । आइतबार बिहानै हिमपात हुँदा किसान खुशी भएका थिए ।

जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् । सोमबार बिहानै हिमपात भएपछि किसानमा खुशीयाली छाएको स्थानीय कमल भण्डारीले बताए ।

लामो समय पानी नपरेकाले जमिन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला यो हिमपातले त्यसलाई सहज बनाउने भण्डारीले बताए । मंगलवार बिहानदेखि हुम्लाको मौसम सफा रहेपनि हिमालहरु हिउँले सेताम्मे हुनुका साथै चिसो बढेको छ ।

Next Post

दाङका कोरोना संक्रमितको बाँकेमा मृत्यु

२ मंसिर २०७७, मंगलवार ०८:२९
नेपालगञ्ज : कोरोना संक्रमणबाट दाङका एक पुरुषको बाँकेमा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ७५ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मंगलवार बिहान मृत्युु भएको हो । उनको केही समय अगाडि मुटुको भल्भको अप्रेशन गरिएको थियो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका […]