रोमानियाको अस्पतालमा आगलागी, १० जनाको मृत्यु

सदरलाइन संवाददाता ३० कार्तिक २०७७, आईतवार ०९:४०
 


काठमाण्डौ : कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचार हुँदै आएको रोमानियाको एक अस्पतालमा आगलागती हुँदा १० जनाको मृत्यु भएको छ भने केही गम्भीर घाइते भएका छन् ।

उत्तर–पूर्वी शहर पिएत्रा निभएमतमा रहेको अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको हो । बिरामीको उद्धार गर्न खोजेका एक डाक्टर जलेर गम्भीर घाइते भएका छन् । उनलाई आर्मीको विमान मार्फत राजधानी लगिएको छ ।

विद्युत सट भएर आगलागी भएको हुनसक्ने रोमानियाका स्वास्थ्य मन्त्री नेलु तातारुले स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

सो अस्पतालमा रहेका कोरोना संक्रमितहरुलाई लासी शहरमा रहेको अर्को अस्पतालमा सारिएको छ । (एजेन्सी)

Next Post

कञ्चनपुरका युवकको कोरोनाबाट मृत्यु

३० कार्तिक २०७७, आईतवार ०९:४०
नेपालगञ्ज : कञ्चनपुरका कोरोना संक्रमित युवकको बाँकेमा मृत्युु भएको छ । कञ्चनपुरको बेलौरी १ का ३२ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतवार विहान साढे ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनी लामो समयदेखि न्युरो सम्बन्धि विरामी थिए । स्वास्थ्यमा […]