बाँकेमा आइतवार २६ जना डिस्चार्ज

सदरलाइन संवाददाता ३० कार्तिक २०७७, आईतवार ०९:१७
 

नेपालगञ्ज : बाँकेमा आइतवार २६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १८ पुरुष र ८ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार २ सय ९५ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


अब आइसोलेशनमा बाँकेका २ सय ४५ र अन्य जिल्लाका २९ गरी २ सय ७४ जना रहेका छन् । हालसम्म बाँकेमा ३ हजार ५ सय ७६ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३६ जनाको मृत्युु भइसकेको छ ।

Next Post

यमपञ्चकको चौथो दिन : गाई तिहार

३० कार्तिक २०७७, आईतवार ०९:१७
नेपालगञ्ज : यमपञ्चक अर्थात् तिहारको चौथो दिन आइतवार गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने […]

सम्बन्धित