खजुरामा भलिबल प्रतियोगिता शुरु

सदरलाइन संवाददाता २८ कार्तिक २०७७, शुक्रबार १६:३३
 

खजुरा (बाँके) : सचेत युवा मन्चको आयोजनामा खजुरामा शुक्रवारदेखि भलिबल प्रतियोगिता शुरु भएको छ । खजुरा गाउँपालिकास्तरीय उक्त प्रतियोगितामा ९ वटा टीमको सहभागिता रहेको छ ।

शुक्र भलिबल स्टेडियमा सञ्चालन भएको प्रतियोगिताको बाँके ३ नं. का सांसद नन्दलाल रोकायले उद्घाटन गर्दै विभिन्न भौतिक विकास जस्तै खेल क्षेत्रको विकास महत्त्वपूर्ण हुने बताए ।


प्रदेश सांसद बाबुराम गौतम, खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले खेलकुदमा लगानी स्वस्थ्य र सभ्यताको पहिचान भएको बताए । मन्चका अध्यक्ष मनप्रकाश रेग्मीको अध्यक्षताम भएको कार्यक्रममा सचिब प्रदीप खनालले कार्यक्रम संचालन गरेका थिए ।

शनिवारसम्म सञ्चालन हुने प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी खजुराको समन्वय र वडा नं. २ खजुरा गाउँपालिकाको सहयोग रहेको छ ।

Next Post

भेरीको परीक्षणमा चालिस जनामा कोरोना पुष्टि

२८ कार्तिक २०७७, शुक्रबार १६:३३
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १७ सहित ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ४ जनाको परीक्षण गर्दा बाँकेका १७ सहित ४० जनामा संक्रमण पुष्टि भएको हो । शुक्रवार थपिएका संक्रमितमा बर्दिया, दाङ, अछाम, सिराहा र सल्यानका पनि रहेका छने । […]