बाँकेमा शुक्रवार ४४ जना कोरोनामुक्त

सदरलाइन संवाददाता २८ कार्तिक २०७७, शुक्रबार ०८:३९
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार ४४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १८ पुरुष र २६ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार २ सय ३८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


हालसम्म ३ हजार ५ सय २२ जनामा संक्रमण देखिएको छ भने कोरोनाबाट निको हुने दर ९१ दशमलव ९४ प्रतिशत रहेको छ ।

अब आइसोलेशनमा बाँकेका २ सय ४८ र अन्य जिल्लाका २५ गरी २ सय ७३ जना छन् । कोरोनाका कारण बाँकेमा ३५ जनाको मृत्युु भइसकेको छ ।

Next Post

शुक्रवार काग तिहार र धनतेरस

२८ कार्तिक २०७७, शुक्रबार ०८:३९
नेपालगञ्ज : हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको दोस्रो दिन शुक्रवार काग तिहार परेको छ । कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक बिहीवारदेखि नै शुरु भएको हो । यस वर्ष तिथिको घटबढका कारण बिहीवार साँझ कार्तिक कृष्ण त्रयोदशी परेकाले यमपञ्चक बिहीबार बेलुकीदेखि नै शुरु भएको हो । जसअनुसार […]