भेरीको परीक्षणमा ३२ संक्रमित थपिए

सदरलाइन संवाददाता २७ कार्तिक २०७७, बिहीबार १७:०४
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बिहीवार ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले जारी गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ सय ८६ जनाको परीक्षण गर्दा बाँकेका १८ सहित ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म ४८ हजार १ सय ६५ जनाको परीक्षण गरिएकोमा ४ हजार ६३ जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

Next Post

बाँकेमा शुक्रवार ४४ जना कोरोनामुक्त

२७ कार्तिक २०७७, बिहीबार १७:०४
नेपालगञ्ज : बाँकेमा शुक्रवार ४४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १८ पुरुष र २६ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार २ सय ३८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए […]