मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

सदरलाइन संवाददाता २७ कार्तिक २०७७, बिहीबार १६:४८
 


नेपालगञ्ज : बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा बर्दियाका दुई जनाको मृत्यु भएको छ । बुधवार राती १० बजे पूर्व पश्चिम राजमार्गअन्तर्गत बाँकेको मुगुवा खोला नजिकै मोटरसाइकल रोकिराखेको ट्रकमा ठोक्किँदा बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ३ नेउलापुरका २१ वर्षीय आशिष थारू र १९ वर्षीय सौरब थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीहरु दाजुभाई हुन् ।

ना. ५५ प. ९७५६ को मोटरसाइकल राजमार्गमा रोकिराखेको ना. ३ ख. ६३९ नम्बरको ट्रकमा ठोक्किँदा घाइते भएका दुबै जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

Next Post

भेरीको परीक्षणमा ३२ संक्रमित थपिए

२७ कार्तिक २०७७, बिहीबार १६:४८
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बिहीवार ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले जारी गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ सय ८६ जनाको परीक्षण गर्दा बाँकेका १८ सहित ३२ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म ४८ हजार १ सय ६५ जनाको परीक्षण गरिएकोमा ४ हजार […]