बाँकेमा थप एक संक्रमित महिलाका मृत्यु

सदरलाइन संवाददाता २५ कार्तिक २०७७, मंगलवार १७:५७
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट दैलेखकी एक महिलाको बाँकेमा मृत्यु भएको छ । नारायण नगरपालिका वडा नम्बर २ की ४४ वर्षीया महिलाको मंगलवार विहान साढे ८ बजे नेपालगञज मेडिकल कलेज शिक्षण कोहलपुरमा मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


ती महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमवार राति अस्पताल भर्ना भएकी थिइन् । कोभिडको आशंकामा मंगलवार विहान स्वाब परीक्षण गरिएकोमा साँझ ४ बजे मात्रै रिपोर्ट आएको थियो । योसंगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Next Post

परियोजना कर्मचारिहरुका लागि क्षमता विकास तालिम सम्पन्न

२५ कार्तिक २०७७, मंगलवार १७:५७
नेपालगञ्ज : प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय प्रदेश नं ६ सुर्खेत र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारीमा संचालित प्रत्याभुत संचार परियोजना अन्तरर्गतका कर्मचारीहरुलाई २ दिने क्षमता अभिवृद्घि तालिम बर्दियाको गुलरियामा सम्पन्न भएको छ । संचालित परियोजनाको लक्ष्य, उदेश्य, यसको कार्यनीति, रणनीति तथा आगामी दिनमा कसरी गुणस्तरिय तरिकाले […]

सम्बन्धित