भेरीको परीक्षणमा २२ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २५ कार्तिक २०७७, मंगलवार १६:५४
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९० जनाको नमुना परीक्षण गर्दा बाँके, बर्दिया, रुकुम, सुर्खेत, दाङ, रोल्पा, जाजरकोट र कालीकोट गरी २२ जनामा संक्रमण पुष्टि भएको हो ।


जसमध्ये ११ जना बाँकेका रहेका छन् । भेरी अस्पतालले हालसम्म ४७ हजार ८ सय १९ जनाको परीक्षण गर्दा ३ हजार ९ सय ७३ जनामा कोरोना पुष्टि भइसकेको जनाएको छ ।

Next Post

बाँकेमा थप एक संक्रमित महिलाका मृत्यु

२५ कार्तिक २०७७, मंगलवार १६:५४
नेपालगञ्ज : कोरोना संक्रमणबाट दैलेखकी एक महिलाको बाँकेमा मृत्यु भएको छ । नारायण नगरपालिका वडा नम्बर २ की ४४ वर्षीया महिलाको मंगलवार विहान साढे ८ बजे नेपालगञज मेडिकल कलेज शिक्षण कोहलपुरमा मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । ती महिलामा मृत्युपछि कोरोना पुष्टि […]

सम्बन्धित