बर्दियाका थप एक संक्रमितको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता २५ कार्तिक २०७७, मंगलवार १३:१४
 

नेपालगञ्ज : बर्दियाका थप एक कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ८ का ३२ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मंगलवार बिहान ११ बजे मृृत्यु भएको हो ।


उनको स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक १३ गते अस्पतालमा भर्ना गरिएको थियो । १४ गते कोरोना रिपोर्ट पोजेटिभ आएका उनी स्वास्थ्यकर्मी रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । योसंगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Next Post

भेरीको परीक्षणमा २२ जनामा कोरोना पुष्टि

२५ कार्तिक २०७७, मंगलवार १३:१४
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९० जनाको नमुना परीक्षण गर्दा बाँके, बर्दिया, रुकुम, सुर्खेत, दाङ, रोल्पा, जाजरकोट र कालीकोट गरी २२ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये ११ जना बाँकेका रहेका छन् । भेरी अस्पतालले […]