भेरीको परीक्षणमा ४१ जनामा संक्रमण पुष्टि

सदरलाइन संवाददाता २४ कार्तिक २०७७, सोमबार १७:३९
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जले पछिल्लो २४ घण्टाको कोरोना परीक्षण रिपोर्ट सार्वजनिक गरेको छ । अस्पतालले पछिललो २४ घण्टामा १ सय ९७ जनाको नुमना परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।


जसमध्ये बाँकेका १२, बर्दियाका २४, दाङका ४ र कैलालीका १ जना रहेका छन । १६ देखि ६५ वर्ष उमेर समुहका २१ महिला र २० पुरुषमा संक्रमण पुष्टि भएको सोमवार अस्पतालद्वारा जारी विवरणमा उल्लेख छ ।

Next Post

लाखौंको अवैध सामान बरामद

२४ कार्तिक २०७७, सोमबार १७:३९
नेपालगञ्ज : सशस्त्र प्रहरीले अवैध सामग्री बरामद गरेको छ । भारतबाट अवैधरुपमा नेपाल भित्र्याउँदै गरिएको विभिन्न सामान सोमवार बरामद गरेको हो । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मर थारुको नेतृत्वमा गएको टोलीले सोमवार बिहान ३ बजे नेपालगञ्ज वडा नम्बर १५ पिपराहवा गाउँको सिमानाकाको […]